त्रिभुवन राजपथ (नागढुङ्गा - नौबिसे खण्ड) थप ५ दिन बन्द रहने बारेको सूचना
२०८२ जेठ २४
त्रिभुवन राजपथ (नागढुङ्गा - नौबिसे खण्ड) थप ५ दिन बन्द रहने बारेको सूचना
त्रिभुवन राजपथको नागढुङ्गा - नौबिसे खण्डको नागढुङ्गा - पिप्लामोड (कि.मि. ०+००० - १+८००) सडक निर्माण सुधार गर्नको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा मिति २०८२/०२/१० देखि २०८२/०२/२५ सम्म बिहान १०:३० बजे देखि दिनको ३:०० बजे सम्म सवारीसाधनहरु रोकी निर्माण कार्य गरिँदै आएकोमा थप समय आवश्यक परेकोले मिति २०८२/०२/२६ देखि २०८२/०२/३० सम्म बिहान १०:३० बजे देखि दिनको ३:०० बजे सम्म (थप ५ दिन) सडक बन्द गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । उपरोक्त कार्यको लागि तपसिल बमोजिमका स्थानमा सवारीसाधनहरु रोकिने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।
तपसिल:
सवारी साधन रोकिने स्थानहरु:
काठमाडौँ बाट नौबिसेतर्फ जाने |
नौबिसेबाट काठमाडौँतर्फ जाने |
मिति र समय |
नागढुङ्गा चेकपोस्ट (कि.मि. ०+०००) |
खानीखोला बजार (कि.मि. १०+५००)
|
मिति २०८२/०२/२६ देखि २०८२/०२/३० सम्म बिहान १०:३० बजे देखि दिनको ३:०० बजे सम्म |
पुनश्च:
साना तथा मझौला सवारीसाधनको लागि बैकल्पिक रुटहरू:
१. सीतापाईला-रामकोट-धार्के सडक
२. सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक
उपरोक्त स्थानहरुमा रोकिएका सबै सवारी साधनहरुलाई अपह्रान्ह ३:०० बजे पछि मात्र छोडिने व्यहोरा अनुरोध छ । रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ । साथै दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्वाध रुपमा संचालन हुने व्यहोरा समेत जानकारी गर्राइन्छ । यसबाट सम्पूर्ण सडक प्रयोगकर्ता महानुभावहरुमा पर्न गएको असुविधा प्रति योजना कार्यालय क्षमाप्रार्थी छ ।